घटना दुर्घटना

मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु
रौतहट, २४ कात्तिक (रासस) 
गौर चन्द्रनिगाहपुुर सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युुवकको ज्यान गएको छ । मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको प्रहरीले जनाएको छ । 
 
चन्द्रपुर नपा सन्तपुुरस्थित जारी रहेको कार्तिकेश कुुँवर मेलाबाट बिहीबार राति अत्यधिक मदिरा सेवन गरी तीव्र गतिमा गौरतर्फ गइरहेको ना५१प ९५५९ नंको मोटरसाइकल सखुुअवा चौकनजिक अनियन्त्रित भई दुुर्घटना भएको थियो । दुुर्घटनामा गम्भीर चोट लागेका रौनियारको गरुडास्थित एक निजी अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले बताउनुभयो । 
 
मोटरसाइकलमा पछाडि सवार रौतहट माधवनारायण नपा–३ का पवनकुुमार साहलाई सामान्य चोट लागेको र गरुडास्थित उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award