घटना दुर्घटना

पुर्व पश्चिम राजमार्गको लौकीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यू, १० जना घाईते । पुर्व पश्चिम राजमार्गको लौकीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यू, १० जना घाईते ।
 
तिलक गाउँले, कोहलपुर २४ आश्बिन ।
बाँकेको राप्ति सोनारी १ मा बस दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ । दुर्घटनामा परि १० जना घाईते भएका छन ।
 
काठमाण्डौ देखी धनगढी तर्फ गैरहेको ना ४ ख ८२५५ नं को बस बिहान ९ बजे राप्ति सोनारी १ को चप्पर गौडी र लौकीको बिचमा  रहेको पुलमा अनियन्त्रित भई १५ मिटर तल खसेको ईलाका प्रहरी कार्यालय कुसुमले जानकारी दिएको छ । दुर्घटनमा परि  १ जना महिला र २ जना पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यू भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी गराएको छ ।
 
मूत्यू हुनेमा नेपाली सेनाका रबिन्द्र पाण्डे र बैतडीकी बाहीनी बोहोरा सनाखत भएको छ भने एक जना पुरुषको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा  ७ जनाको गम्भिर र ३ जनाको अबस्था सामान्य रहेको छ  । घाईते सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । दुर्घटना लगत्तै बाँके निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले उद्धार गरि उपचारका लागी कोहलपुर पठाएको थियो । घाईतेका सामाग्रीहरु भने ईलाका प्रहरी कार्यालय कुसुममा सुरक्षित साथ राखिएको ईलाका प्रहरी कार्यालय कुसुमले जानकारी दिएको छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award