घटना दुर्घटना

फरार २ अभियुक्त प्रहरी फन्दामा फरार २ अभियुक्त प्रहरी फन्दामा
निरज अधिकारी
२४ असोज, बेसीशहर ।
अदालतले कैद भुक्तानीको फैसला सुनाएपनि फरार २ अभियुक्त लमजुङ प्रहरीको फन्दामा परेका छन् । अभियुक्तहरुलाई प्रहरीले उनीहरुको घरबाटै पक्राउ गरेको हो । 
 
सवारी ज्यान मुद्धामा २०७२ चैत १० गते अदालतले १ महिना २० दिने कैद सजाय र २ हजार जरिवाना तोकेका सुन्दरबजार नगरपालिका ३ का २८ बर्षीय हरिबहादुर चिडीमगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि ०७२ फागुन १३ गते सुन्दरबजार नगरपालिका ९ मा भएको दुर्घटनामा एक युवकको निधन भएको अभियोग सवारी ज्यान मुद्धा लागेको थियो ।
 
यस्तै, जुवामुद्धामा ३ सय रुपैया“ नतिरी फरार भएका सुन्दरबजार नगरपालिका ३ कै ४२ बर्षीय धर्मराज गुरुङलाई पक्राउ गरिएको छ । ०७३ भदौ १६ गते जुवा खेलेको अभियोगमा अदालतले भदौ २१ गते नै ३ सय रुपैया“को जरिवाना सुनाएर धरौटीमा रिहा गरेपनि उनी सम्पर्कमा आएका थिएनन् । 
 
चिडीमगरलाई आइतबार सा“झ र गुरुङलाई आफ्नै ग्यारेजबाट सोमबार बिहान पक्राउ गरि अदालतमा पेश गरिएको प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले बताउनुभयो ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award