घटना दुर्घटना

विशालटारमा बस दुर्घटनामा २ को मृत्यु २९ जना घाईते विशालटारमा बस दुर्घटनामा २ को मृत्यु  २९ जना घाईते
नवराज छत्कुली, धादिङ
भदौ २७ गते 
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित  भैस्से गौडामा यात्रुबहाक बस दुर्घटना हुदाँ घाईते भएका ३१ मध्य उपचारको क्रममा २ जनाको मृत्यु भएको छ ।
 
उनिहरुको उपचारको क्रममा काठमान्डौमा मृत्यु भएको हो ।  मृत्यु हुनेअरुमा नवलपरासीको सुस्ता गाउपालीका वडा न ५ का थर नखुलेका बच्चुराम र सोही ठाउ बस्ने रमाशंकर सिहं रहेको प्रहरीले जनाएको छ । 
 
घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । 
 
काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु १ ख ६६२३ नम्बरको बस सोमबार राती २ बजे तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको हो  । बसमा ४४ यात्रु थिए । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award