घटना दुर्घटना

त्रिशूलीमा ट्रक खस्यो त्रिशूलीमा ट्रक खस्यो
चितवन, २६ भदौ ।
नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ जाँदै गरेको ना५ख ७२९७ नंको ट्रक इच्छाकामना गाउँपालिका–६ जलबिरेबाट त्रिशूलीमा खसेको हो । 
 
ट्रक त्रिशूलीमा खस्दा चालक मकवानपुरको हाँडीखोला बस्ने ३० वर्षीय उज्ज्वल कँडेल घाइते हुनुभएको र उहाँको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ । 
 
चालक हाम फालेर बाँचेको भए पनि बियरसहितको ट्रक बेपत्ता भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो  ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award