घटना दुर्घटना

काभ्रेमा डिप्रेसनले आत्महत्याका घटना बढ्दै काभ्रेमा डिप्रेसनले आत्महत्याका घटना बढ्दै
बनेपा, २२ भदौ ।
तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन् । 
 
धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डो¥याएको उल्लेख गर्दै आत्महत्याका विभिन्न कारक तत्व हुन्छन् भन्नुभयो । 
 
डा रिसालले भन्नुभयो– “जुन विषय बाहिर आएको हुन्छ त्यो नहुन सक्छ, कहीँ न कहीँ मानसिक रोगको प्रभावले नै आत्महत्या निम्ताएको हुन्छ ।” 
 
जिल्लामा चालु आव २०७४÷०७५ को साउन १ देखि भदौ १६ गतेसम्म मात्रै २८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये १४ जनाले झुण्डिएर र १४ जनाले विष खाएर आत्महत्या गरेका छन् । 
 
त्यस्तै, आव २०७३÷०७४ को एक वर्षमा ९८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ५९ जनाले विष खाएर र ३९ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । 
 
उहाँले सामान्य झै–झगडाको प्रतिशोध, अशिक्षा, गरिबी, प्रेममा असफलताका कारण आत्महत्या बढी भएको उल्लेख गर्दै यसलाई रोकथामका लागि छिट्टै जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्न आवश्यक भएकोमा जोड दिनुभयो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award