घटना दुर्घटना

मकवानरपुमा खोलाले बगाएर दुईजनाको मृत्यु मकवानरपुमा खोलाले बगाएर दुईजनाको मृत्यु
 
हेटौँडा, २९ साउन । गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुर जिल्लाको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 
 
मृत्यु हुनेहरुमा वाग्मती गाउँपालिका वडा नं १, फापरबारी बस्ने ५० वर्षीय पञ्चकुमार कुमाल र बकैया गाउँपालिका वडा नं ६ बस्ने ६० वर्षीय वीरबहादुर घलान रहेको जिप्रका मकवानपुरले जनाएको छ । 
 
यसैगरी, शनिबारदेखि परेको अविरल वर्षाले त्रिभुवन राजपथको बागजोरा, हेटौँडा–नारायणघाट सडकखण्डको मनहरी, लोथर, स्थानीय थानभ¥याङ र हेटौँडा–वीरगञ्ज सडकखण्डको रातमाटेमा आज बिहान पहिरो जाँदा हेटौँडा–वीरगञ्ज तथा हेटौँडा–नारायणघाटतर्फको यातायात सेवा अवरुद्ध रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिनुभएको छ । 
 
मौसममा सुधार भएमा आज दिउँसोसम्म सबैतिरको यातायात सेवा सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक खटाइसकिएको उहाँले बताउनुभयो । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award