घटना दुर्घटना

कपिलवस्तुमा पोखरीमा डुबेर एकको मृत्यु
 
कपिलवस्तु, २८ साउन । कृष्णनगर नगरपालिका– ९ बहादुरगञ्जमा पोखरीमा डुबेर एक जनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय गबी भन्ने शंखा मुराउ रहेको प्रहरीले जनाएको छ । 
 
मृतक मुराउ बहादुरगन्जस्थित नेपाली सेनाको ब्यारेक पछाडि रहेको पोखरीमा सिंगाडाखेती अवलोकनका लागि पुग्दा सो पोखरीमा डुबेर मरेको स्थानीयवासीले बताएका छन् । मुराउको शव परीक्षणका लागि शिवराज अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस । 

Post Comment

More घटना दुर्घटना

Special Programs

Kalika Events

  • 12th Music Award