घटना दुर्घटना

वृद्धाको बलात्कारपछि हत्या आशंका वृद्धाको बलात्कारपछि हत्या आशंका
दमौलीः
घिरिङ गाउँपालिका ४ मा आईतबार भेटिएको एक वृद्धाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । घर भन्दा करिब तीन सय मिटर नजिकै चौतारीमा मृत अवस्थामा भेटिएकी स्थानीय ५५ वर्षिया डोलमाया रानाभाटको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्याजस्तो देखिने स्थानीयको आरोप छ । प्रहरीले घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिएका २४ वर्षका भीमबहादुर रानाभाटबारे थप विवरण सार्वजनिक गरेको छैन । भीमबहादुरबिरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान थालेको प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । 
मृतक डोलमायाको घाँटी, टाउको, अनुहारलगायत भागमा चोटपटक देखिएको छ । उनको पोष्टमार्टम रिपोर्ट आए पछि थप विवरण थाहा हुने पण्डितले बताउनुभयो । घरमै रहेका मृतकका श्रीमान घटनाका दिन घरबाहिर भोजमा गएको बताइएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award