घटना दुर्घटना

बसको ढोकाबाट खसेर अर्घाखाँचीमा एक जना घाईते । बसको ढोकाबाट खसेर अर्घाखाँचीमा एक जना घाईते ।
बिष्णु कुमार आले साउन २ ,
गुडिरहेको बसको ढोकाबाट खसेर अर्घाखाँचीको सितगंगा ३ ठाडामा एक जना घाईते भएका छन् । सन्धिखर्क बाट गोरुसिङ्गे तर्फ जादै गरेको लु २ ख १७ नम्बरको गुडिरहेको बसको ढोकाबाट खसेर सितगंगा नगरपालीका ३ खसर्का बस्ने ३२ बर्षिय बसन्त बेल्बासे घाईते भएको प्रहरीले जनाएको छ । घाईते बेल्बासेको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागी बुटवल ल्याईएको छ । 
यसै बिच घरबाट खेतमा पानी लगाउन गएका सितगंगा नगरपालीका वडा नम्बर ५ कालीमाटीका ७० बर्षिय लील बहादुर घर्ति मृत अवस्थामा फेला परेका छन् । घर नजिकै रहेको खेतमा पानी लगाउन गएका घर्ती खेत नजिकै मृत अवस्थामा गाउलेले फेला पारेका हुन् । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award