घटना दुर्घटना

कनकाईले बगाउँदा बेपत्ता कनकाईले बगाउँदा बेपत्ता
सुरुङ्गा झापा, १ साउन ।
कनकाई नदीले बगाउँदा आज शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँल बेपत्ता भएका छन् । 
 
शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो । बेपत्ता फुयाँलको खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवको नेतृत्वमा टोली खटाएको उहाँले बताउनुभयो । रासस 

Post Comment

More घटना दुर्घटना

Special Programs

Kalika Events

  • 12th Music Award