घटना दुर्घटना

हत्या गरिएको युवकको पहिचान भयो हत्या गरिएको युवकको पहिचान भयो
गौशाला, ४ असार ।
जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत कुटमेश्वरी नदी किनारमा घाँटी रेटेर हत्या गरी फालिएको युवकको पहिचान भएको छ । हत्या भएका सो युवक जिल्लाको महोत्तरी गाउँपालिका १ पर्सा गाउँ बस्ने ताहिर नदाफका छोरा २२ वर्षीय नजाम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । 
 
प्रहरी उपरीक्षक लम्सालका अनुसार शनिवार साँझ ७ बजेदेखि घरबाट गायब रहेका नजामको आज बिहान आफ्नै घरभन्दा २०० मिटर उत्तरमा रहेको कुटमेश्वरी नदीको बाँधमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 
 
लाशको प्रकृति हेर्दा ४÷५ जना व्यक्तिले युवक नदाफलाई समातेर घाँटी रेटी हत्या गरेको हुन सक्छ, प्रहरी उपरीक्षक लम्सालले भन्नुभयो– घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरु गरिसकेको छ । 
 
मृतक युवकको शव स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award