घटना दुर्घटना

युवकको शव फेला युवकको शव फेला
गौशाला, ४ असार ।
महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । 
 
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २०० मिटर उत्तर नदी किनारमा शव फेला परेको हो । 
 
नाम, थर, वतन नखुलेको अन्दाजी २५÷३० वर्षीय मधेसी मूलको पुरुष व्यक्तिको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । 
 
घटनाबारे जानकारी पाउनासाथ जिप्रका, महोत्तरीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेका छन् भने घटनाबारे विशेष अनुसन्धान भइरहेको तथा शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको जिप्रका, महोत्तरीले जनाएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award