घटना दुर्घटना

भर्ना गरिदिने प्रलोभनमा ठगी गर्ने २ जना पक्राउ
विकास वञ्जाडे ,कपिलवस्तु फागुन १९ । 
नेपाली सेनामा भर्ना गरिदिने प्रलोभनमा ठगी गर्ने २ जनालाइ सेनाले पक्राउ गरी प्रहरीमा बुझाएको छ ।
 
नेपाली सेनाको सिपाही पदपूर्ति गर्ने क्रममा कपिलबस्तु जिल्ला गोरुसिंगे स्थित कालीजंग गणमा हाल संचालन भई रहेको सैन्य भर्ना छनौट प्रकृयामा आवेदन दिएका नवलपरासी जिल्लाका २ जना पक्राउ परेका हुन् ।
 
उनीहरुले नवलपरासी  रजहर बस्ने अन्जु पौडेलसंग भर्ना गरिदिन्छु भनि नगद रु चालिस हजार लिई ठगी गर्न लागेको आरोपमा सोही नवलपरासी जमुनिया गा.वि.स. बस्ने बर्ष ४० को आशाराम चौधरी र सोही जिल्ला रजहर बस्ने प्रकाश भन्ने मान बहादुर रिजाललाई लु. १९ प. १५९६ नम्वरको मोटरसाईकल सहित पक्राउ गरी थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिगेंमा बुझाएको सेनाले जनाएको छ ।
 
भर्ना गरिदिने नाममा ठगी गर्ने दुवैलाइ थप अनुसन्धान तथा कार्रवाहीका लागी गोरुसिंगे प्रहरीले जिल्लामा पठाएको  छ ।  

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award