घटना दुर्घटना

माछाका भुरा सहित छ जना पक्राउ
विद्रोही गिरी
नवलपरासी, १९ फागुन । भारतबाट अबैध रुपमा माछाका भुरा नेपाल भित्राउदै गरेको अबस्थामा प्रहरीले ६ जना भारतीयलाई  पक्राउ गरेको छ ।
 जिल्ला प्रहरी कार्यालय नवलपरासीको गस्ती टोलीले गेर्मीबाट ११ हजार माछाको भुरा सहित पश्चिम बंगाल माल्टाटाउनका २३ बर्षका सत्य चौधरी, २६ बर्षका गोलखन गोसाक, ३० बर्षका गणेश साह, १९ बर्षका पाटे चौधरी, २० बर्षका परिमल चौधरी र ४५ बर्षीय अजित चौधरी पक्राउ  गरेको हो  । 
पक्राउ परेको माछाका भुरा पशु क्वारेन्टाइन महेशपुरका चिकित्सक अनन्त कोइरालाको रोहभरमा नष्ट गरेको प्रहरी उपरिक्षक नलप्रसाद उपाध्यायले जानकारी दिनु भयो ।  पक्राउ परेका ६ जनालाई अनुसन्धानका लागि प्रहरीले  नियन्त्रणमा लिएको छ । पछिल्लो समय खुल्ला सीमाका कारण कुखुराका चल्ला , अण्डा र माछाको भुराको ब्यापक तस्करी भएको गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो । 
 
 
 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award