घटना दुर्घटना

कालीकोटमा घर भत्किँदा तीनजनाको मृत्यु
कालीकोट, १९ फागुन । तीन दिनदेखिको अविरल वर्षाले कालीकोटको थिर्पु गाविसमा गएराति घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा थिर्पु गाविस–५ बेर्सैनकोटका ३५ वर्षीय दलबहादुर रोकाया, उनकी श्रीमती ३४ वर्षीया मिमसरा र सात वर्षीया छोरी सविता छन् । दुई तलाको कच्ची घर भत्किँदा गएराति ३ बजेतिर उनीहरुको घरभित्र दबिएर ज्यान गएको इलाका प्र्रहरी कार्यलय थिर्पुले बताएको छ । 
 
प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ । घरको बाहिरी कोठामा सुतेका तीन छोरा कक्षा ६ मा अध्ययनरत शिवराज रोकाया, कक्षा ७ मा अध्ययनरत १३ वर्षीय प्रकाश र सात वर्षीय नाम नखुलेका छोरा बाँच्न सफल भएका छन् । आमाबाबुको निधनले उनीहरु बेसहारा भएका छन् । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award