घटना दुर्घटना

रात्री बसले ठक्कर दिदा एक पुरुषको मृत्यु
कमला गुरुङ, कालिका फागुन १९–
 
रात्री बसले ठक्कर दिदा चितवनको भरतपुर वाइपास रोडमा एक जनाको मृत्यु भएको छ । काठमाण्डौका लागि छुटेको ना ५ ख २७० नम्बरको बसले ठक्कर दिदा अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 
मृतक पुरुषको पहिचान हुन सकेको छैन । आज बिहान करिब ३ बजे सडकमा हिडिरहेका ती पुरुषलाई बसले ठक्कर दिदा उनको मृत्यु भएको हो । 
 
बस र बसका चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । मृतक पुरुषको शव थप परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 
 
यस्तै, मापसे गरी सवारी चलाउने दुई जना गएराति कारबाहीमा परेका छन् । भरतपुर आसपास क्षेत्रमा गरिएको मापसे चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक कारबाही गरिने छाडीने प्रहरीले जनाएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award