घटना दुर्घटना

सवारी दुर्घटनामा तीन जना घाइते
उद्धव घिमिरे विराटनगर, फागुन १८
कोशी राजमार्ग अन्तर्गत धनकुटाको महाभारत – ४ मा आज बस र माइक्रोबस एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा दुबै सवारी साधनका चालक सहित तिनजना घाईते भएका छन् ।
 
धरानबाट धनकुटातर्फ जादै गरेको को. १ ख २१७९ नम्बरको माइक्रो बस र बिपरीत दिशाबाट आउँदै गरेको को. १ ख ३८४२ नम्बरको बस एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा माइक्रो बसका चालक खोटाङ कुभिन्डे –१ का २७ बर्षिय शिव ठटाल, बसका चालक तेह्रथुम चम्फुला –२ का ५२ बर्षिय दलबहादुर सुवेदी र भारतको दार्जेलिङ घरभएका ५० बर्षिय गंगा दर्जी घाईते भएका छन् ।
 
घाईते मध्ये दुबै चालकको स्थानिय अस्पतालमा र दर्जीको बि. पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी चौकी मुलघाटले दुबै सवारी साधनलाई  नियन्त्रणमा लिएको जनाइएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award