घटना दुर्घटना

रुखले च्यापिएर महिलाको मृत्यु
सुरुङ्गा (झापा), १८ फागुन । 
झापाको शान्तिनगरमा रुखले च्यापिएर आज एक महिलाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा शान्तिनगर–१ निवासी ६५ वर्षीया रुपमणि चापागार्इं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई घरनजिकै आफ्नै श्रीमान् देवीप्रसाद चापागार्इंले काट्दै गरेको रुख ढलेर किचेको बताइएको छ । 
 
रुखले च्यापिएर गम्भीर घाइते भएकी चापागाईंको उपचारका लागि बिर्तामोडस्थित स्थानीय अस्पतालमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
मृतक चापागाईंको शव मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award