घटना दुर्घटना

सशस्त्र प्रहरीद्धारा अबैध सामान तथा कुखुरा बरामद
विराटनगर, फागुन १८–
 
सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय रानी, मोरङले भन्सार छलेर ल्याउँदै गरेको सामान र आयातमा प्रतिबन्ध लगाइएको कुखुरा आज विराटनगरबाट बरामद गरेको छ । 
 
कार्यालयबाट वरिष्ठ हवल्दार चन्द्रबहादुर तामाङको नेतृत्वमा खटिएको गस्ती टोलीले विराटनगर –२० दरैयावस्तीबाट भन्सार छलेर ल्याउँदै गरेको करिब ३० हजार मुल्य बराबरको कुकर १८ थान, दाल ६३ केजी, चिनि ८४ केजी, पापड ८ केजी, रसवरी १२ केजी, निर १० लिटर, रंग ७ केजी र उक्त सामान बोक्न प्रयोग गरिएको साइकल एक थान बरामद गरेको छ । त्यस्तै भारत तर्फ तस्करी गर्न लागीएको ३० केजी सुपाडी समेत सो टोलीले बरामद गरेको छ । 
 
त्यसैगरी सोही गस्ती टोलीले विराटनगर –२२ मटेरुवाबाट आयात गर्न प्रतिबन्ध लगाइएको करिब ६० केजी बराबरका बोइलर कुखुरा २४ वटा बरामद गरि आवश्यक कार्वाहीको लागी पशु क्वारान्टाइन चेकपोष्ट रानीमा र खाद्यान्न तथा अन्य सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय रानी, मोरङले जनाएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award