घटना दुर्घटना

चिसोले कार्यालय सहायकको मृत्यु
गोरखाबजार, १८ फागुन । 
अविरल वर्षासँगै बढेको चिसोले गोरखामा एकजनाको मृत्यु भएको छ । 
 
जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गतको गोरखा नगरपालिका–७ आहालेस्थित रानीस्वाँरा उपस्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहायक ४२ वर्षीय तिलकबहादुर बस्नेतको गएराति मृत्यु भएको हो । 
 
गोरखा नगरपालिका–७ आहालेस्थित ठाडो बाटोमा मृत अवस्थामा बस्नेतको शव स्थानीयले देखेपछि आज बिहान जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । 
 
रातभरको चिसोले गर्दा बस्नेतको मृत्यु भएको अनुमान गरिएको छ । आइतबार दिउँसो अत्याधिक मादकपदार्थ सेवन गरेर उपस्वास्थ्य चौकी पुगेका बस्नेत साँझपख गोरखा नगरपालिका–४ स्वाँरास्थित आफ्नो घर जान कार्यालयबाट निस्केका थिए । अविरल वर्षाले गर्दा ठाडो बाटोमा लडेपछि उनको मृत्यु भएको हो । 
 
शवलाई परीक्षणका लागि गोरखा जिल्ला अस्पताल ल्याएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award