घटना दुर्घटना

लागुऔषध बेच्दाबेच्दै महिला पक्राउ
सुरुङ्गा  झापा , १७ फागुन । लागुऔषध बेचबिखनमा संलग्न एक महिलालाई प्रहरीले आज बिर्तामोडबाट पक्राउ गरेको छ । 
 
पक्राउ पर्ने बिर्तामोड नगरपालिका–६ निवासी रीतु भनिने गीता दर्जी भट्टराई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय नजिकै ब्राउनसुगर बेच्दै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
 
लागुऔषध किन्न खोज्ने युवक प्रहरीलाई देखेपछि फरार भएको बताइएको छ । उनको खोजीकार्य पनि भइरहेको छ । पक्राउ परेकी भट्टराईले विगत लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको बयान प्रहरीसामु दिएको डिएसपी सञ्जयबहादुर राउतले जानकारी दिनुभएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award