घटना दुर्घटना

सवारी दुर्घटनामा सशस्त्र प्रहरीका असई सहित दुई जनाको मृत्यु
उद्धव घिमिरे, विराटनगर, फागुन १७ . मोरङ, झापा र ताप्लेजुङमा भएका सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक निरिक्षक सहित दुई जनाको मृत्यु भएको छ  । घट्नामा एक जना गम्भिर घाइते भएका छन् । 
 
मोरङको कटहरी –६ मा  को. १ त ३९१३ नम्बरको ट्रयाक्टरले ठक्कर दिंदा एक वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी –८ का ८ बर्Èिय रोशन ऋÈिदेव छन् । हिजो अपरान्ह ट्रयाक्टरले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रण्ँमा लिएको जनाएको छ ।
 
त्यस्तै झापाको चकचकी –३ स्थित सिर्जना चौकमा बा. ४७ प ५३६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हु“दा मोटरसाइकल चालक सशस्त्र प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । 
 
मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भई उपचारको लागी अस्पताल लैजा“दै गर्दा चकचकी – ८ घर भई चितवनमा कार्यरत प्रहरी सहायक निरिक्षक ३८ बर्Èिय केशरबहादुर खड्काको हिजो सा“झ मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 
 
त्यसैगरी ताप्लेजुङको हाङ्देवा  –१ स्थित बैशाखे भन्ने स्थानमा को १ ज ८५७ नम्बरको ल्याण्डरोवर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हु“दा चालक इलाम तिल्केनी –६ का हरीप्रसाद गुरुङ गम्भिर घाइते भएक छन् । घाइते गुरुङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award