घटना दुर्घटना

विराटनगरमा साँझै गोली चल्यो , राजश्व सेवाका सेवा निबृत्त कर्मचारी घाइते
उद्धव घिमिरे
विराटनगर, फागुन १५
 
अज्ञात समुहले चलाएको गोली लागी आज साँझ विराटनगर–६ राधाकृष्ण चौकका पूर्व राजश्व सेवाका कर्मचारी गोविन्द खतिवडा घाइते भएका छन् ।
 
भारतीय नंम्बर प्लेटको मोटरसाइकलमा आएका ब्यक्तिले साँझ सवा ६ वजे तिर घरबाट पूर्व तर्फ रहेको चाँदनी चौक तर्फ जाँदै गरेका खतिवडालाई  त्रिमुर्ति चौक नजिकै गोली प्रहार गर्दा खुट्टामा गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
 
६० वर्षीय खतिवडाको विराटनगर –३ स्थित विराट अस्पतालमा उपचार भइरहेको प्रभुप्रसाद ढकालले जानकारी दिनुभएको छ । घाइते खतिवडा लामो समय राजश्व सेवा अन्तर्गत आन्तरिक राजश्व कार्यालय, भन्सार र राजश्व अनुसन्धान कार्यालयमा काम गरि सेवा निबृत्त भएको जनाइएको छ ।
 
गोली प्रहार गर्ने ब्यक्तिको खोजी गर्न मोरङ प्रहरीले विराटनगरका चारैतिरका नाका शिल गरी कडा चेकजाँच सुरु गरेको जनाएको छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award