घटना दुर्घटना

सवारी दुर्घटनामा एक असई सहित तीन जनाको मृत्यु
उद्धव घिमिरे
विराटनगर, फागुन १५
सुनसरी र सप्तरीमा गएराती भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक प्रहरी सहायक निरिक्षक सहित तीन जनाको मृत्यु भएको छ । 
 
सुनसरीको इटहरी उपमहानगरपालीका –२० स्थित पूर्व पश्चिम राजमार्गमा राती साँढे ९ वजे ना २ ख ५८२८ नंम्बरको ट्रकको पछाडी को ५ प ६६१५ नंम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार इलाका प्रहरी कार्यालय सुरुङामा कार्यरत प्रहरी सहायक निरिक्षक तिलकराम चौधरीको मृत्यु भएको छ ।
 
ट्रकमा ठक्कर खाई गम्भिर घाइते चौधरीको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राती साँढे १० वजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 
 
त्यस्तै  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर–३ मा राती साँढे ९ वजे ना ५ ख १७७७ नंम्बरको बसले मोटरसाइकललाई  ठक्करदिंदा मोटरसाइकल चालक सप्तरी हनुमाननगर –४ का २३ वर्षीय रामचन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 
दुर्घटनामा मोटरसाइकल पछाडी सवार २१ वर्षीय रोशन चौधरी गम्भिर घाइते भएका र उनको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजी भइरहेको जनाएको छ । 
 
त्यसैगरी सप्तरीको दौलतपुर –५ स्थित कदमाहा सडक खण्डमा हिजो अपरान्ह बा ३२ प ६४९१ नंम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका स्थानिय ६० वर्षीय गंगादेवी रामको उपचारको क्रममा आज विहान डेढ वजे विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award