घटना दुर्घटना

आमाले छोराको ‘हत्या’ गरिन्
विद«ोही गीरी ,कावासोती, १५ फागुन ।
 
 नवलपरासीको तम्सरीया— २ मा एक आमाले आफ्नै नौ बर्षीय छोराको ‘हत्या’ गरेकी छिन्  ।
 
ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक हरि बरुवालका अनुसार  तम्सरीया २ बसन्तपुरकी ३० बर्षीय जमुना जिसीले आफ्नै ९ बर्षीय छोरा प्रदिप जिसीको  घांटीमा सलले बांधेर हत्या गरेकी हुन्  । छोराको हत्या पछि उनले आत्म हत्या गर्ने प्रयास गरेको उहांले जानकारी दिनु भयो  । 
 
अचेत अबस्थामा छट्पटाएकी जमूना जिसी लाई मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचारका लागि पठाईएको छ । गाउंलेको खबर पाएर घटनास्थल पुगेको प्रहरीले  आमाले छोराको हत्या गरी आत्महत्या प्रयास गरेको जनाएको छ ।
 
जिसीको परिवारमा भारतीय सेनामा कार्यरत श्रीमान्  एक छोरी र एक छोरा रहेको थिए । १३ बर्षीय छोरी ट्युसन पढ्न गएका बेला उनले छोराको हत्या गरी आत्महत्याको प्रयास गरेको प्रहरीको भनाई छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award