घटना दुर्घटना

लागुऔषधसहित दुई पक्राउ
लहान, १५ फागुन । 
सिरहाको लहान नगरपालिका–३ मा प्रहरीले लागुऔषध लुकाएर ल्याउने क्रममा दुईजनालाई यहाँ पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३ स्थायी घर भई मोरङको विराटनगर उपमहानगरपालिका–१२ बस्ने विशाल साहकी श्रीमती १९ वर्षीया सिमरनदेवी साह र भाइ १८ वर्षीय राजकुमार साह रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो । 
 
लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा रहेको प्रहरी चेकिङ टोलीको आँखा छलेर दक्षिणतिरबाट पैदल आउँदै गरेका देवरभाउजूलाई शङ्का लागेर शरीर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध भेटिएको हो । 
 
प्रहरीले देवरभाउजूले शरीरमा लुकाएर ल्याएको डाइजिल्याब ४० एम्पुल, फेनार्गन ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र फोर्टविन ४० एम्पुल बरामद गरेको प्रहरी उपरीक्षक फुँयालले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award