घटना दुर्घटना

नेपाली तथा भारतीय रकम सहित तीन पक्राउँ
अजय कुमार झा
जनकपुरधाम, फागुन १४ ।
 
जनकपुरको जानकी मंन्दिरको पछाडी लाखौ भारतीय तथा नेपाली रकम सहित दूई जना भारतीय सहित एक जना नेपालीलाई पक्राउँ गरेको छ ।
 
विषेश सूचनाको आधारमा बुधवार राति छापामारी गरि भारतको वंगालको विष्णुपुर घर भएको वर्ष ३२ को गाविन्द दत्त भनिने राजु दत्त, भारतको विहार राज्यको मधुवन्नी जिल्लको वासोपट्टी घर भएका वर्ष २० को अल्लाउद्दीन राईन तथा धनुषाको झोझी कटैया घर भएका वर्ष १९ को नरुद्दीन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
प्रहरीले राईनको साथबाट १३ लाख भारतीय तथा अन्सारीको साथबाट २४ लाख ५० हजार नगद बरामद भएको धनुषाको प्रहरी उपरीक्षक गणेश बहादुर थापाले बताउनु भएको छ । उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक पनि गरेको छ । उता पक्राउँ परेका रकम सहित तीनै जनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जनाएको थियो ।
 
प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले भारतीय रुपैयाको कारोवारी हुन सक्ने बताउनु भएको छ  । उहाले आतंकवादी समूहको व्यक्ति त होईन भन्ने जिज्ञासामा त्यासो नभएको भारतीय तथा नेपालीको कारोवारी रहेको बताउनु भयो ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award