घटना दुर्घटना

दुर्घटनामा १४ घाइते
पवन पौडेल
तनहुँ फागुन १४ ।
ट्रक र बस एक आपसमा जुध्दा व्यास नगरपालिकाको तालघरेमा १३ जना घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ४ ख ४६८ नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना २ ख ८७६६ नम्बरको ट्रक घुम्तीमा ठोक्किंदा बस र ट्रकमा सवार समेत घाइते भएका हुन् । घाइते हुनेमा बसका १२ जना र ट्रकका चालक छन् ।
 
ठक्करबाट घाइते मध्ये पाँच जनाको पोखराको मेट्रो सिटी र मणिपाल तथा बाँकीको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
 
ठक्करबाट ट्रक र बस दुवैको अग्रभाग फुटेर क्षतिग्रस्त भएको छ । यसैबीच पर्यटक कारको ठक्करबाट थर्पुमा एक मोटरसाइकल चालक घाइते भएका छन् ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award