घटना दुर्घटना

मकवानपुर र धादीङमा चट्याङबाट ३ को मृत्यु, ३ घाइते
रुपेश÷नवराज 
१४ फागुन
मकवानपुरमा आज दिउसो परेको चट्याङ लागेर दुईजनाको ज्यान गएको छ । ज्यान जानेमा राक्सिराङ–८ का ३१ बर्षिय सूर्यलाल प्रजा र मन्थली–४ का १३ बर्षिय युवराज घिसिङ रहेका छन् । चट्याङबाट मन्थली–४ का देव पाख्रिन, राजकुमार गोले र दुधलाल गोले घाइते भएका छन् ।
 
उनीहरु सबै मन्थली–३ को शंकर निमाविका विद्यार्थी रहेको स्थानीय सोम तिमल्सिनाले बताउनुभयो । उनीहरुलाई उपचारका लागि ललितपुरको आश्राङ हेल्थपोष्टमा लगिएको जनाईएको छ ।
घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका प्रजालाई उपचारका लागि मनहरी हेल्थपोष्टमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घिसिङको भने घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।
 
यस्तै चट्याङले लागेर धादिङको सलाङ गाउँ विकास समिति वडा नम्बर ९ गौथलेका पूर्ण बहादुर थापाको मृत्यु भएको छ । दिउँसो धुषाको चरौदीमा तरकारी विक्रि गरेर फर्कदै गरेको बेला गाउँ नजिकै पुगेपछि चट्याङले लागेर थापाको मृत्यु भएको हो । 
 
स्थानीयहरुका अनुसार थापा र उहाँको श्रीमति तरकारी बेचेर घर फर्कने क्रममा चौतारोमा बसिरहेको बेला चट्याङ लागेको हो । थापाको श्रीमति भने सकुशल हुनुहुन्छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award