घटना दुर्घटना

उपचारको क्रममा कैदीको मृत्यु
गौशाला, १३ फागुन । महोत्तरीको जलेश्वर कारागारका एक कैदीको गएराति उपचारको क्रममा मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा धनुषा जिल्लाको बिन्धी गाविस–४ बस्ने ६० वर्षीय राजेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 
नागरिकतासम्बन्धी मुद्दाअन्तर्गत २०७० फागुन २२ गतेदेखि जलेश्वर कारागारमा बस्दै आएका कैदी महतो लामो समयदेखि बिरामी रहँदै आएकामा गएराति उनको उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । 
 
विसं २०७१ फागुन ४ गते कैदी महतो अचानक बिरामी भएपछि जलेश्वर कारागारले चिकित्सकको सल्लाहमा उनलाई जिल्ला अस्पताल जलेश्वरमा पठाएकोमा उनलाई विशेष उपचारको आवश्यक रहेको भन्दै थप उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । 
 
अञ्चल अस्पतालमा आठ दिनको उपचारपछि चिकित्सकले उनलाई टिभी भएको र क्यान्सरको समेत आशङ्का देखाएपछि मङ्गलबार कैदी महतोलाई पुनः जलेश्वर कारागारमा ल्याई कारागार प्रशासनले विशेष उपचारका लागि कारागार विभाग तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरी काठमाडौँ पठाउने व्यवस्था मिलाइरहेको थियो । 
 
तर सोही क्रममा गएराति करिब ८ बजे उनी फेरि बिरामी भएपछि उनलाई कारागार प्रशासनले जिल्ला अस्पताल जलेश्वर पठाएकामा उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको जेलर ठाकुरले बताउनुभयो । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award