घटना दुर्घटना

फरार प्रतिवादी पक्राउ
पोखरा, १३ फागुन ।
वडा प्रहरी कार्यालय रामबजार पोखराले ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । 
 
गत कात्तिक ५ गते राति पोखरा–५ मालेपाटन बस्ने २८ वर्षीय दर्वेस बोहरालाई छुरीलगायतका हतियार प्रहार गरी फरार पोखरा–१३ का जलेवडिज भन्ने रविन गुरुङ र वडा नं १५ का कृष्ण गुरुङलाई पक्राउ गरिएको हो । 
 
सोही घटनामा संलग्न पाँचजना हाल पुर्पक्षका लागि कास्की कारागारमा सजाय भोगिरहेका छन् । 
यसैगरी गत पुस १९ गते पोखरा–५ पस्र्याङ बस्ने १९ वर्षीय विक्की विकलाई धारिलो हतियारले गर्धनलगायतका विभिन्न भागमा प्रहार गरी फरार पोखरा–१४ चाउथेका विनम तामाङलाई वडा प्रहरी कार्यालय वैदामले मङ्गलबारै पक्राउ गरेको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award