घटना दुर्घटना

बालिका बलात्कार अभियोगमा खड्गबहादुरलाई आठ वर्ष जेल
सोलुखुम्बु, १३ फागुन । –
 
सोलुखुम्बुको सोताङमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४३ वर्षीय खड्गबहादुर विकलाई आठ वर्ष जेलसजाय तोकिएको छ । 
 
जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले गत साउन ९ गते स्थानीय बालिकालाई घरमा कोही नभएको समयमा बलात्कार गर्ने विकलाई मङ्गलबार सो आदेश दिएको हो । 
 
साथै पीडितका परिवारलाई क्षतिपूर्तिवापत रु ५० हजार भराउन पनि आदेश दिएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद भटराईले जानकारी दिनुभयो । रासस

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award