घटना दुर्घटना

मोरङमा छुट्टाछुट्टै घटनामा छ जनाको मृत्यु
उद्धव घिमिरे
विराटनगर, फागुन १२
मोरङका विभिन्न स्थानमा मंगलवार भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । झोराहाट –१ स्थित भित्री सडकमा मंगलवार मोटरसाइकलको पछाडीको चक्कामा सल वेरिएर सडकमा पछारिंदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झोराहाट –१ की ४० वर्षीया नर्वदा ढुंगेल रहेकी छन् ।
 
आफ्नै श्रीमान् अर्जुन ढुंगेलले चलाएको को २ प ७७२५ नंम्बरको मोटरसाइकलमा पछाडी बसेर विराटनगर आउँदै गर्दा अचानक मोटरसाइकलमा सल बेरिन पुगी सडकमा पछारिंदा गम्भिर घाइते भएकी ढुंगेलको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 
त्यस्तै अमाहीवरियाती –६ का नोर महमदका ७ वर्षीय छोरा ममताज आलमको घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।
 
त्यसैगरी झुर्किया –२ खाडी टोलका ७० वर्षीय नारायण ताजपुरिया र उनकी ६० वर्षीया श्रीमती गुलुदेवी ताजपुरिया विहान ६ वजे आफ्नै घरमा मृत अवस्थामा फेला परेको मोरङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभएको छ । उनिहरुको मृत्युको कारण खुल्न नसकेको भएपनि दुबै जना दिर्घ रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप विवरण पोष्ट मार्टमको रिपोर्टबाट खुल्ने जनाइएको छ ।
 
त्यस्तै बयरवन –७ बस्ने ५६ वर्षीया धनमाया कार्की विहान ७ वजे घरको कोठामा रहेको सिलिङ पंखामा जुटको डोरीले पासो लगाई भुण्डिरहेको अवस्थामा मृत फेला परेकी छन् ।
 
त्यसैगरी डाइनिया –३ हर्सतगडीकी २५ वर्षीया सनवार खातुन घरको छानोको बलोमा सलको पासो लगाई झुण्डिरहेको अवस्थामा विहान ६ वजे फेला परेकी प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award