घटना दुर्घटना

सवारी दुर्घटनामा युवतीको मृत्यु, तेह्र घाइते
वीरगन्ज ९पर्सा०, १२ फागुन । वीरगन्ज–पथलैया सडकखण्डमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । 
 
बाराको रामपुरटोकनी–३ मा गएराति भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको हो । दुर्घटनामा पर्सा रामगढवा–७ बस्ने वर्ष २२ वर्षीया अर्चना विष्टनियाको ९चौरसिया०को मृत्यु भएको हो । ना२ख ७०३५ नंको ट्रकले अर्चना सवार बिआर ०१ सिडी १८३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 
 
त्यस्तै, वीरगन्जको गण्डकमा नम्बर नखुलेको ट्रिपरले ट्याक्टरलाई ठक्कर दिएको छ । बेलुकी ८ बजे भएको दुर्घटनामा परी ट्र्याक्टरमा सवार १३ घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । उनीहरूको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award