घटना दुर्घटना

महोत्तरीमा ट्र्याक्टर पल्टिँदा हलखोरीका कामदार साहको मृत्यु
गौशाला, ११ फागुन । 
महोत्तरी जिल्लाको बर्दिवास—जलेश्वर सडकखण्डमा ट्र्याक्टर पल्टिँदा एक कामदारको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा जिल्लाको हलखोरी–९ बस्ने ३० वर्षीय सुकदार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 
जिल्लाको रातु खोलाबाट बालुवा लिएर आइरहेको ज १ त ४६१८ नम्बरको ट्र्याक्टरमा काम गर्दै आएका सुकदार साहको गोनरपुरा–२ स्थित बाटोको छेउमा ट्र्याक्टर पल्टिँदा बालुवाभित्र च्यापिएर सोही बालुवाभित्र निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । 
 
शनिबार बिहान ३ बजेको समयमा भएको दुर्घटना पश्चात् ट्र्याक्टरका चालक फरार भएपछि कामदार बालुवाभित्र च्यापिएको कुरा कसैलाई थाहा भएको थिएन । 
 
गएराति कामदार साहको घर र गाउँमा खोजबिन भएपछि उनको बालुवाभित्र च्यापिएर मृत्यु भएको कुरा खुलेपछि घटनास्थलमा पुगेर प्रहरीले आज बिहान उनको शव बालुवाभित्रबाट निकालेको हो । 
 
मृतक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको छ भने प्रहरीले फरार रहेका ट्र्याक्टर चालकको खोजतलास गरिरहेको जनाएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award