घटना दुर्घटना

काममा खटिएका प्रहरीको मृत्यु
चौतारा, १० फागुन । 
काममा खटिइरहेका बेला अचानक बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एक प्रहरी जवानको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । 
रौतहट जिल्लाको सरुआट गाविस–३ स्थायी घर भएका प्रहरी जवान ३४ वर्षीय राजकुमार राय यादवको आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो । 
उच्च रक्तचापको रोगी रहेका यादव शनिबार बेलुकी कारागार शाखामा काममा रहेका बेला अचानक बिरामी भएपछि जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ ठीक नभएपछि थप उपचारका लागि राजधानी लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award