घटना दुर्घटना

दुर्घटनामा एकको मृत्यु, एक घाइते
चितवन, ८ फागुन । नारायणगढ–मुग्लिन सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
 
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको लु१ज ८६१५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ना४ख ३००० नम्बरको ट्रिपर दारेचोक गाविस–४ मा एकापसमा ठोक्किँदा ट्रिपरचालक मकवानपुर हाडीखोला–७ का २३ वर्षीय प्रकाश सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
दुर्घटनामा ट्रिपरका सहचालक मकवानपुर हाडीखोला–१ का २१ वर्षीय हरिचन्द्र घिमिरे घाइते भएका छन् । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award