घटना दुर्घटना

ताप्लेजुङको आम्वेगुदिनमा दुई घर जल्दा लाखौको क्षति ।
रविन भट्टराई÷ताप्लेजुङ
माघ २९,
ताप्लेजुङको आम्वेगुदिन गाविसमा आगलागि वाट दुई वटा घरहरु जलेर नष्ट भएका छन् ।
 
आम्वेगुदिन २ हपुखोला निवासी कुलवहादुर खड्काको दुईवटा घरमा गएराती आगलागि भएको हो ।
 
राती करिव ९ वजे तिर घरमा कोही नभएको अवस्थामा एक्कासी आगलागि भएको थियो । खड्का परिवार नजिकैको विवाहमा गएको अवस्थामा आगलागि भएको र आगोले घर सल्किए पछि मात्रै थाहा पाएका थिए । 
 
आगलागि वाट घरमा रहेको पसलका सम्पुर्ण सामाग्री साथै अन्य घरायसी सामान जल्दा करिव १० लाख रुपया वरावरको क्षति भएको अनुमान स्थानियले गरेका छन् । पसल रहेको घर र संगै रहेको अर्को पनि घर जलेको वताइएको छ ।
 
स्थानियले आगलागि नियन्त्रण गर्ने प्रयास गरे पनि समयमा आगो नियन्त्रण नहुदा धेरै क्षति भएको स्थानिय सन्तोष थेवेले वताएका छन ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award