घटना दुर्घटना

अवैध काठसहित महिला पक्राउ
सप्तरी २९ माघ ।
इलाका वन कार्यालय महुलीले काठसहित करिब बाह्र महिलालाई आज पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । 
 
मोहलीबाट खटिएको वन रक्षकको टोलीले गैरी खोला मुहानबाट चिरान काठसहित उनीहरुलाई उदयपुर वन क्षेत्रबाट काठ लाउँदै गरेको अवस्थामा पक्राउ गरी इलाका वन कार्यालय महुलीमा बुझाइएको कार्यालयका प्रमुख चतुरनारायण साहले जानकारी दिनुभयो ।। 
 
यसैबीच शम्भुनाथ रेन्जपोस्ट रुपनीको टोलीले अनधिकृत रुपमा काठ लग्दै गरेको ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ । वन रक्षकको टोलीले कटैयना–४ बाट काठ दाउरा ढुवानी गर्ने स१त ३५६९ नंको ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको बताइएको छ । 
 
रेञ्जपोस्टका प्रमुख बालदेव झाका अनुसार काठको छुट पुर्जी नलिएका कारण पक्राउ परेको ट्र्याक्टर र काठ इलाका वन कार्र्यालय रुपनीको जिम्मा लगाइएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Special Programs

Kalika Events

  • 12th Music Award