घटना दुर्घटना

बन्दुक लुकाइराख्ने कारागार चलान
पाल्पा, २९ माघ ।
जिल्लाको जुठापौवा गाविस–९ स्थित ४८ वर्षीय चुमबहादुर रास्कोटीलाई भरुवा बन्दुक घरमा लुकाइराखेको आरोपमा कारागारमा चलान गरिएको छ । 
 
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय पाल्पा पेस हुँदा प्रतिवादी रास्कोटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिप्रका पाल्पाले जनाएको छ । 
 
घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाइछिपाई राखेको सुराकीका आधारमा बन्दुकसहित उनलाई प्रहरीले समातेको हो । 
 
यसैबीच, पाल्पा खस्यौली गाविस–९ का मेषबहादुर चर्मकारको घरमा रहेको अवैध बन्दुकलाई उनका भाइ कमल चर्मकारले बारीमा ल्याई सफा गर्न लागेका बेला प्रहरीले दुबैलाई नियन्त्रणमा लिई रु एक लाख ७५ हजार धरौटीमा तारिखमा छाडेका छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award