घटना दुर्घटना

बहुविवाह गर्ने जोडीलाई कैद र नगद जरिवाना
खोटाङ, २९ माघ ।
जिल्ला अदालतले बहुविवाह गरेको आरोपमा पक्राउ परेका मौवाबोटे–६ का भूमिराज राई र उनकी कान्छी श्रीमतीलाई एक एक वर्ष कैद र जनही रु १० हजार जरिवानाको फैसला सुनाएको छ । 
 
जेठी श्रीमती कारागार परेको समयमा दोस्रो विवाह गरेको आरोपमा राई कान्छी श्रीमतीसहित पक्राउ परेका थिए । आफू कारागारमा रहेको समयमा विदेशबाट फर्किएका श्रीमान्ले गत वर्ष फागुन १४ गते दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती प्रमिलाले फागुन २९ गते जिल्ला कारागार खोटाङबाटै श्रीमान्विरुद्ध उजुरी दिनुभएको थियो । 
 
बलात्कारको अभियोग 
स्थानीयवासी किशोरीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा बुइपा–२ का १८ वर्षीय उदेश राई पक्राउ परेका हुन् । छिमेकीको विवाह भोजबाट तानेर झाडीतर्फ लगी जबर्जस्ती बलात्कार गरेको भनी आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । रासस

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award