घटना दुर्घटना

गाँजासहित एक पक्राउ
गोलबजार ,सिरहा, २९ माघ ।
सिरहाको सीमावर्ती गाविस औरहीबाट एक जना गाँजासहित बुधबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी–६ का ५० वर्षीय भजन यादव रहेका छन् । 
 
औरही गाविस– ८ स्थित गागन नदीमा रहेको प्रहरी चौकी औरहीका गस्ती टोलीले यादवलाई साढे तीन किलोग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो । उहाँका अनुसार यादवमाथि अनुसन्धान भइरहेको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award