घटना दुर्घटना

आगलागीबाट तीन लाख पचास हजारको क्षती
उद्धव घिमिरे विराटनगर, माघ २९–
मोरङको सोराभाग स्थित कर्सिया बजारमा आज विहान एक सुनचाँदी पसलमा आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षती भएको छ । 
 
सोराभाग –३ कर्सिया बजार स्थित सत्यनारायण साहको घरको सटर भाडामा लिएर मनोज सहनीले संचालन गरेको सुनचाँदी पसलमा विहान साँढे तीन वजे विद्युत सर्ट भई आगलागी भएको मोरङ प्रहरीले जनाएको छ ।
 
आगलागीमा पसलमा रहेका सुनचाँदीका गरगहना, फर्निचर, सुनचाँदी बनाउने मेसिनहरु जलेर पूर्ण रुपमा नष्ट भएको मोरङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभएको छ ।  
 
आगलागीबाट घरमा सामान्य क्षती पुगेको र दमकल, प्रहरी र स्थानियवासीले एक घण्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award