घटना दुर्घटना

वैदेशिक रोजगारीले एड्स प्रभावितको संख्या बढ्दै, ४० को मृत्यु
अजय कुमार झा
जनकपुरधाम, माघ २६ । धनुषा जिल्लामा वैदेशिक रोजगारीका कारणले एच आई भी एड्सबाट प्रभावित हुनेको संख्या बढदै गएको छ । विदेशमा भएको ब्लामा असुरक्षित किसिमले यौन सम्पर्क गरेर स्वदेश फर्केपछि श्रीमति संग यौन सम्पर्क गरेपछि एड्स सार्ने क्रम बढदो रहेको छ ।
 
जनकपुर अञ्चल अस्पतालमा रहेको ए आर टी सेन्टरमा मात्र ५ सय ५० जनाले नियमित रुपमा औषधि खाने गरेको छ । एड्सको विषयमा थाहा भएको व्यक्ति मात्र सो सेन्टरमा रगतको परीक्षण गर्नका लागि आएपभि एड्स प्रभावित भएको थाहा पाउने गरेको छ ।
 
यस क्षेत्रमा करिव एक हजार अझै एड्सबाट संक्रमित व्यक्ति हुन सक्ने एआर टी सेन्टरमा कार्यरत रहेका प्रदिप साहले बताएका छन् । खास गरेर चेतनाको अभाव भएका कारणले असुरक्षित तरिकाले अपरिचित यौन कर्मीसंग यौन सम्पर्क गर्ने गरेका कारणले एड्सबाट प्रभावित हुनेहरुको संख्या उल्लेख रहेको अध्धयनबाट देखिएको छ ।
 
राष्ट्रिय स्तरमा नै सवै भन्दा बढी कामदारहरु धनुषा जिल्लाबाट वैदेशक रोजगारीमा धनुषा जिल्लाबाट गएका कारणले नै एड्सको जोखिममा धनुषा जिल्ला बढी नै रहेको छ । जनकपुरको वस पार्क, केही लजहरुमा भैरहेको यौन धन्दाको कारणले पनि एड्सबाट संक्रमीत हुनेको संख्या उल्लेख्य रहेको छ ।
 
जनकपुर अञ्चल अस्पताको ए आर टी सेन्टरमा आएर तथा त्यसको आधारमा औषधि खानेहरुमा धनुषा जिल्लाको मात्र रहेको छैन । सेन्टरबाट धनुषा जिल्लाका अतिरिक्त महोत्तरी, सर्लाही, सिन्धुली, र दिक्तेलका एड्स प्रभावित पनि रहेको छ । हाल औषधि सेवन गर्नेमा ३ सय ५६ जना पुरुष, १ सय ६४ जना महिला तथा ३० जना बालबालिका रहेका छन् ।
 
औषधि सेवन गर्नेमा ६५ वर्षका पुरुष देखि ५ वर्षका बालबालिका पनि रहेका छन् । विदेशी दातृ निकायको सहयोगमा अहिले देशको कतिपय ठाउँमा यस्ता प्रकारको ए आर टी सेन्टर सञ्चालनमा रहेको छ । निक्कै महगो मूल्य पर्ने औषधि सेवनले प्रभावितको शरिरमा भएको प्रतिरोधक क्षमतालाई बढाउने कार्य मात्र गरेको छ ।
 
यता औषधि सेवन गरेका व्यक्ति मध्ये हाल सम्म ४० जनाको निधन पनि भैसकेको अस्पतालले जनाएको छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award