घटना दुर्घटना

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यू ।।
रविन भट्टराई÷ताप्लेजुङ,– माघ २८,
 
ताप्लेजुङको नाङ्खोल्याङमा विरामि पु¥याएर फर्किदै गरेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यू भएको छ ।
 
सदरमुकामबाट नाङ्खोल्याङ ३ का विरामि पु¥याएर फर्कने क्रममा गएराति करीव ९ बजे मे १ च ३२३४ नंबरको अधिकारी स्मृति प्रतिष्ठान द्धारा सञ्चालीत एम्बुलेन्स नाङ्खोल्याङ ६ स्थित मेचि राजमार्ग अन्तर्गत खपरे भिरमा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
 
एमबुलेन्स सडकबाट करीव एक सय मिटर तल खस्दा एम्बुलेन्स चालक नाङ्खोल्याङ ६ निवासी २१ वर्षीय पदम कुमार राईको घटना स्थलमानै मृत्यू भएको हो । मृतकलाई पोष्टमाटमको लागि रातिनै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ल्याईएको बताईएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award