घटना दुर्घटना

हत्या आशङ्कामा देवर र देउरानी पक्राउ
वीरगन्ज ९ पर्सा, २७ माघ ।
पर्साको सबैठवा गाविस–२ की सुमनदेवीको हत्या आशङ्कामा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले जिल्लाको महुवनमा लुकेर बसेका समनदेवीका देवर श्रीलाल राम र देउरानी सोनादेवीलाई पक्राउ गरेको हो । 
 
महुवनमा लुकेर बसेको अवस्थामा सोमबार उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान्त थापाले जानकारी दिनुभयो । 
 
यसअघि प्रहरीले सुमन हत्या आशङ्कामा सासूलाई पक्राउ गरिसकेको छ । 
 
प्रहरीले सुमनदेवीको शव घाँटी रेटेर फालेको अवस्थामा शनिबार राति घर नजिकैको उखु बारीबाट बरामद गरेको थियो । प्रहरीका अनुसार सुमनदेवीको परिवारका सदस्यले मिलेर हत्या गरेका आशङ्का गरिएको छ । हत्याबारे थप अनुसन्धान भइरहेको छ । 
 
सुमनका पति किशोर भने वैदशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन् । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award