घटना दुर्घटना

दाङमा छ महिनामा सडक दुर्घटनामा कमी
देउखुरी (दाङ), १४ माघ ।
 
गत वर्षको तुलनामा दाङमा पछिल्लो छ महिनामा सडक दुर्घटनामा ४२ प्रतिशतले कमी आएकोे छ । 
 
जिल्ला ट्राफिक कार्यालय दाङ घोराहीका अनुसार गत वर्ष १५७ वटा सडक दुर्घटनामा ७४ जनाको मृत्युभएको थियो भने ३१५ जना घाइते भएका थिए । 
 
चालु आवको छ महिनाको अवधिमा ६३ वटा सडक दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । 
 
दाङको लमही, घोराही र तुलसीपुर सडकखण्डमा बढी दुर्घटना हुने तीन स मुख्य कारण भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले बताउनुभयो । 
 
दुर्घटना हुने पहिलो स–सडक हो भने, दोस्रो स–सवारी चालक र तेस्रो स–सवारी साधनलाई लिइएको छ । बीस फिटको सडक र तीन फिटको किनारा मात्र भएका लमही तुलसीपुर सडक निकै साँघुरा भएकाले पनि पैदलयात्रु, साइकल र मोटरसाइकल यात्रु सुरक्षित हुन नसकेका ट्राफिक प्रहरीको भनाइ छ । 
 
प्रहरीका अनुसार दाङमा झन्डै २५ हजार सवारीसाधन सञ्चालनमा रहेका छन्् । जसका लागि हालको सडक साँघुरा भएकाले दुर्घटना न्यूनीकरणका लागि सडक चौडा गराउनुपर्ने ट्राफिक प्रहरीको सुझाव छ ।रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Face to Face

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award