घटना दुर्घटना

इलामको माईपोखरीमा बम भेटियो
इलाम, १३ माघ । इलामको माईपोखरीमा आज बिहान वेवारिसे अवस्थामा बम फेला परेको छ । 
स्थानीय महिलाले घाँस काट्ने क्रममा माईपोखरी–१ को चारखाँदेस्थित जुरे भन्ने स्थानमा ३६ एम ग्रिनेट भेटिएको हो । 
 
बम कस्ले र किन राखेको भन्ने केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ । बम फेला परेपछि उक्त स्थानका बासिन्दा त्रसित बनेका छन् । बम भेटिएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय इलाममा खबर गरेका थिए । 
 
अहिले बम निष्क्रिय बनाउनका लागि कालीध्वज गणको बम डिस्पोजल टोली सो स्थानमा गइरहेको प्रहरीले जनाएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award