घटना दुर्घटना

सिन्धुपाल्चोकमा हम्बर प्रहारबाट युवकको मृत्यु
मेलम्ची, १३ माघ । सिन्धुपाल्चोकको भोताङ गाविस–१ छिम्तिका राजु तामाङकोे हम्बर प्रहारबाट गएराति मृत्यु भएको छ । 
 
खानेपानीको पाइप काटेको आरोपमा सोही गाउँका पेम्बा तामाङले सोमबार साँझ हम्बर प्रहार गर्दा गम्भीर घाइते भएका राजुको उपचारका लागि क्षेत्रीय अस्पताल मेलम्ची ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । 
 
मृतक राजु र पेम्बाबीच पहिले पनि पटक पटक झगडा हुँदै आएको थियो । केही महिनाअघि मृतक राजुले पेम्बालाई खुकुरी प्रहार गरेको आरोपमा आठ महिना जेलसमेत बसेका थिए । पेम्बा अहिले इलाका प्रहरी कर्यालय मेलम्चीको हिरासतमा छन् । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Antakchari

Started at: 15:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 16:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award